Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा ११ दिनमा ८ जनामा डेंगु संक्रमण


1.5K
Shares

गोरखामा ११ दिनमा ८ जनामा डेंगु संक्रमण

गोरखा, १२ साउन । गोरखाको विभिन्न ३ स्थानिय तहमा ८ जनामा डेंगु संक्रमण देखा परेको छ । गोरखा नगरपालिका र शहिल लखन तथा सिरानचोक गाँउपालिकामा गरी ८ जनामा संक्रमण देखिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिकामा बसोबास गर्नेहरु बढी संक्रमीत भएका छन् । गोरखा नगरपालिका ८ को २ जना र २ र ६ मा १–१ जनामा संक्रमण देखिएको अस्प्तालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शहिद लखन गाउँपालिका ७ मा २ जना र ४ को १ जनामा पनि संक्रमण देखिएको छ । यो आर्थिक बर्षको पहिलो ११ दिनमा जिल्लाको ३ स्थानिय तहमा ८ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएको सिरानचोक गाँउपालिका ८ मा भने १ जनामा संक्रमण देखिएको छ ।

संक्रमणदेखिएका सबैको गोरखा अस्पतालमा रक्त परिक्षणका क्रममा देखिएको अस्पतालले जनाएको छ । उनीहरु सबैमा उच्च जरो देखिए पछि गोरखा अस्पतालमा परिक्षणका क्रममा संक्रमीत भएको पाईएको हो । संक्रमीत मध्ये ३ जनालाई भने थप उपचारको लागि जिल्ला बाहिर पठाईएको र अन्य ५ जनाको भने यही उपचार भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology