गोरखा ९ साउन । गोरखामा करेन्ट लागेर मंगलबार एक जनाको ज्यान गएको छ । जिल्लाको सहिद लखन गाउँपालिका ७ बुङकोट थापा गाउँमा करेन्ट लागेर स्थानीय राममणी थापाको ज्यान गएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ९ बजे तिर बाह्रबिसे गाऊमा करेन्ट लागेर गम्भिर घाईते हुनुभएका थापाको गोरखा अस्पतालमा उपचारका क्रममा ज्यान गएको उहाँको भनाई छ ।
बिहान ९ बजेतिर बाह्रबिशे गाउँमा कुखुराको खोरको जालिमा करेन्ट लागी थापा गम्भिर घाईते हुनु भएको थियो । करेन्ट लागेर घाइते भएका थापालाई स्थानीयबासीहरुले तत्काल उद्धार गरी उपचारका लागि गोरखा अस्पताल पुर्याएका थिए ।