Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

माओवादी केन्द्रको कार्यावाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई


2.4K
Shares

माओवादी केन्द्रको कार्यावाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौँ ६ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । पार्टी अध्यक्ष प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज इटाली प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology