गोरखा, ६ साउन : प्रेस चौतारी नेपाल गोरखा जिल्लाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित हुनुभएको छ । सदरमुकाममा आज सम्पन्न भएको अधिबेशनबाट न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रेस चौतारी नेपाल गोरखा जिल्लाका इन्चार्ज किरण लोहनीले जानकारी दिनुभयो । । नवनिर्वाचित अध्यक्ष न्यौपाने यसअघि जिल्लाको कार्यावाहाक अध्यक्ष हुनुहुन्थ्यो ।
त्यस्तै उपाध्यक्षमा सुरेन्द्र थापा, महिला उपाध्यक्ष स्वतिका बानियाँ, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा अनिष घले सर्वसम्मत चयन हुनुभएको उहाँले बताउनुभयो । नवगठित समितिको सदस्यहरुमा नजिरा मियाँ, दिपेश घले चयन हुनुभएको इन्चार्ज लोहनीले जानकारी दिनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामशरण बस्नेतले प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सदस्य रामकृष्ण ज्ञवाली, एमाले गण्डकी प्रदेश कमिटी सदस्य कमल दानी, पार्टी जिल्ला कमिटी उपाध्यक्ष कृष्ण नेपाली, चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज किरण लोहनी, चौतारीका गण्डकी प्रदेश कमिटी अध्यक्ष इन्द्र पौडेल, पूर्वकेन्द्रीय सदस्य भिमलाल श्रेष्ठ, चौतारीका प्रदेश कमिटि सदस्य उद्धव कुमाल शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।