Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बहुबिबाह मुद्दाका दुई अभियुक्तहरु कारागार चलान


4.3K
Shares

गोरखामा बहुबिबाह मुद्दाका दुई अभियुक्तहरु कारागार चलान

गोरखा, ५ साउन । गोरखामा बहुबिबाह मुद्दाका दुई अभियुक्तहरु कारागार चलान भएका छन् । गोरखा भिमसेन थापा गाउँपालिका २ पौवा सुनार बस्तीका बर्ष २४ का ठाकुर सुनार र वडा नम्बर २ घोप्टे चौतारा घर भएकी १९ की प्रतिमा सुर्खेती बहुविवाहको अभियोगमा कारगार चलान भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनिहरुले बुहविवाह गरेको भने २५ की ममिता सुनार प्रहरीमा जाहेरी दिएपछि दुवैजनालाई यहीँ असार १३ गते पक्राउ गरी बहु बिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धनपछि जिल्ला सरकारी वकिल कार्यालय गोरखा मार्फत गोरखा जिल्ला अदालत पेश गरिएकोमा सोही अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology