Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भीमसेन थापा गाउँपालिकाका दुईवटा वडाका स्थानीयबासीलाई फिल्टर बितरण


1.2K
Shares

भीमसेन थापा गाउँपालिकाका दुईवटा वडाका स्थानीयबासीलाई फिल्टर बितरण

गोरखा, ३ साउन । गोरखाको भीमसेन थापा गाउँपालिकाका दुईवटा वडाका स्थानीयबासीलाई सुरक्षित खानेपानीको सुनिश्चितताका लागि फिल्टर वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ र ८ अन्र्तगत पर्ने पिपलटारका ९३ घर परिवारलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न सयर फिल्टर वितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउने व्यवस्था गर्दा नागरिकहरुको स्वास्थ्यका लागि बढी फाइदा पुग्छ, उहाँले भन्नुभयो, त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयबासीहरुलाई निःशुल्क सयर फिल्टर वितरण गरिएको हो ।’

फिल्टर वितरण भएसंगै साविकको वडा नम्बर ४ अन्र्तगत पिपलटार क्षेत्रका प्रत्येक घरधुरी सहित बिद्यालय र वडा कार्यालय लगायत विभिन्न संघसंस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्बलका अध्यक्ष नवीन श्रेष्ठले बताउनुभयो ।

पिपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानीको स्वच्छताका सुनिश्चिताका लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई सयर फिल्टर निःशुल्क वितरण गरिएको उहाँको भनाई छ । वडा कार्यालय र क्लबको पहलमा निःशुल्क फिल्टर पाएपछि स्थानीबासीहरु समेत खुशी भएका छन् ।

फिल्टर वितरण कार्यक्रममा वाइन टु वाटर नेपाल जावलाखेलका मोनिटरिङ एण्ड इभ्यालुऐसन अफिसर शैली चित्रकार, वास मुभिलाईजर मीनप्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology