Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका एक पुरुष सहित २ जना नक्कली सुन र मुद्रा सहित पक्राउ


4.1K
Shares

गोरखाका एक पुरुष सहित २ जना नक्कली सुन र मुद्रा सहित पक्राउ

गोरखा, २ साउन । गोरखा एक पुरुष सहित २ जना नक्कली सुन र मुद्रा सहित पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका–३ बसुन्धारा स्थित वडा एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधार प्रहरी गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नम्बर १० घर भएका ४८ बर्ष दुर्गाबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो ।

त्यस्तै भारतको लखनउ स्थायी घर भई काठमाण्डौ महानगरपालिका–१०, बस्नेत ४५ बर्षका विनय कुमार सिहंलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीको टोलीको उनीहरुको साथबाट नक्कली नेपाली र भारतीय मुद्रा फेला पारेपछि सोधपुछ गर्दा सानोभ¥याङमा रहेको क्षेत्रीको कोठा खानतलासी गर्ने क्रममा नक्कली सुन सहितका सामान फेला परेको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुको साथबाट २ हजार दरको भारतीय नक्कली नोट ४ थान, ५ सय दरको २ थान, एकहजार दरको नेपाली नक्कली नोट ६ थान बरामत गरिएको छ । त्यस्तै सुनजस्तो देखिने पहेलो धातु समेत पक्राउ गरेकाहरुको साथबाट फेला परेको प्रहरी बृत महाराजगन्जले जनाएको छ । पक्राउ परेका दुवै जना बिरुद्ध चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology