Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

घट्यो गोरखा–काठमाण्डौंको भाडादर (कति भयो भाडा यो हेर्नुहोस्)


13.9K
Shares

घट्यो गोरखा–काठमाण्डौंको भाडादर (कति भयो भाडा यो हेर्नुहोस्)

गोरखा १ साउन । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै गोरखादेखि काठमाण्डौं जाने सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यातायात ब्यवस्था विभागले आज सार्वजनिक गरेको भाडा दर अनुसार सोमबारदेखि ने लागु हुने गरी काडमाण्डौंका लागि ४३२ रुपैयाँ तोकेको छ । यस अघि गोरखाबाट काठमाडौं जादा ४४१ रुपैयाँ भाडा तिनुपर्ने थियो ।सार्वजनिक भएको भाडादर अनुरा भैरहवाका लागि ६००, बिरगञ्ज ५६७ र जनकपुरका लागि ८१३ रुपैयाँ ताकिदिएको छ । पुरानो भाडादरमा भैरहवाका लागि ६१३, बिरगञ्जका लागि ५७९ र जनकपुरका लागि ८३१ रुपैयाँ तिनुपर्ने थियो ।

नयाँ भाडादर सार्वजनिक भएता पनि गोरखाबाट बाहिरिने कुनै पनि सवारी साधानले आज भाडा समायोजन गरेको छैन । गोरखाबाट काठमाण्डौ चल्ने बसले ४५० र माईक्रोले ५६० रुपैयाँ उठाउदै आएको छ । तस्तैगरी, गोरखा–नारायणगढ ६७ किलोमिटरको लागि यात्रुले २५० रुपैयाँ तिदै आएको छ । यता पोखराको लागि चल्ने माईक्रोले  ४७५ र बसले  ४०० रुपैयाँ लिदै आएको छ ।

सदरमुकाममा रहेको टिकट काउन्टरमा बुझदा नयाँ भाडादर नआएकोले पुरानो भाठादरमा टिकट काटेको जनाएको छ । घटाएको भाडादर आजदेखि नै लागु हुनेछ भन्दै त्यसको अनुगमण यातायात ब्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology