Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

न्यायधिस शर्माद्धारा अजिरकोट गाउँपालिकाको निरीक्षण


777
Shares

न्यायधिस शर्माद्धारा अजिरकोट गाउँपालिकाको निरीक्षण

गोरखा, ३१ असार । जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माले अजिरकोट गाउँपालिकाको न्यायिक समितिले गरेको काम कारवाहीको बारेमा जानकारी लिनु भएको छ ।

गाउँपालिकाको न्यायिक काम कारवाहीको अबस्था र न्याय सम्पादनमा सहयोग पु¥याउने उद्देस्य सहित गाउँपालिकाको आयोजनामा  भएको कार्यक्रम जिल्ला न्यायधिक शर्माले सहभागिता जनाउनु भएको हो ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ९४ बमोजिम पुनरावेदन सुन्ने अदालतको हैसियतले जिल्ला न्यायाधिस शर्माकोे नेतृत्वको कर्मचारी सहितको टोलीले गाउँपालिकाबाट भएगरेका न्यायसम्पादनको बारेमा जानकारी लिनु भएको हो ।

सो अबसरमा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक अनिता भुजेलले गाउँपालिकाले चालु आर्थिक बर्षमा समितिमा परेका उजुरी तथा सम्पादन गरिएको विवादका बिषयमा जानकारी गराउनु भएको थियो ।

सोही अवसरमा न्यायिक समितिको क्षेत्राधिकार भित्रको विषयमा न्यायिक सेवा लिनुपर्ने भएमा गाउँपालिकाको न्यायिक समितिसमक्ष उजुरी÷निवेदन पेश गर्न समेत गाउँपालिकाले सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology