गोरखा, ३० असार । गोरखाको अजिरकोट गाउँपालिकाले षोषण सुधार कार्यक्रम अन्र्तगत पालिका भित्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लोकल ध्यू प्रदान गर्दै आएको छ । गाउँपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन चालु आर्थिक बर्षदेखि गर्भवती महिलाहरुलाई लोकल ध्यू लगायतका पोषणयुक्त सामाग्री वितरण गर्न थालेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले जानकारी दिनुभयो ।
‘पोषण सुधारका लागि गर्भवती महिलालाई यहीँ स्थानीय स्तरमा नै उत्पादन भएको लोकल भैसीको ध्यू वितरण गरेका छौ, उहाँले भन्नुभयो,‘अण्डा पनि स्थानीय स्तरमा उत्पादन भएका अण्डाहरु वितरण गर्ने गरिएको छ ।’ कार्यक्रम अन्र्तगत पहिलो पटक गर्भ परीक्षणका लागि गर्भवती महिलाले लोकल भैसीको ध्यू र एक क्रेट अण्डा उपलब्ध गराउने गरिएको छ, उहाँले भन्नुभयो, ‘गर्भवती महिलालाई तेस्रो भेटमा पनि एक माना ध्यू र अण्डा वितरण गर्ने गर्दछौ ।’
गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलालाई तीन पटकसम्म पोषण सुधारका सामाग्री प्रदान गर्दै आएको छ ।’चौथो पटकको गर्भवती महिलासंगको भेटमा गाउँपालिकाले ध्यू, अण्डासंगै न्यानो पछ्यौरा समेत वितरण गर्ने प्रमुख भट्टले बताउनभुयो ।
प्रमुख भट्टले स्थानीय उत्पादनलाई प्रोत्साहन मात्र नभएर गुणस्तरीय पनि हुने भएकाले स्थानीय उत्पादनलाई नै पोषण सुधारका सामग्रीमा समेटिएको बताउनुभयो ।
गाउँपालिका अन्र्तगतका ध्याच्चोक, मुच्चोक लगायतका क्षेत्रमा पोषण सामाग्रीमा पर्ने अण्डा वितरण गर्न लैजादा फुट्ने लगायतका समस्या हुने गरेको त्यसलाई पनि सुधारका लागि पनि कार्यपालिकामा छलफल गरेर निर्णय गर्ने उहाँले बताउनुभयो ।