Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान


2.7K
Shares

बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

गोरखा, ३० असार । बिभिन्न तीनवटा संस्थाले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई गर्भवती महिलाको भिडियो एक्सरे चेकजाँच गर्ने उपकरण सहितको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसिएसन फ्रान्स र हम्ड ब्रेस्ट फ्रान्स नामक संस्थाको संयुक्त साझेदारीमा गाउँपालिकालाई एक थान भिडियो एक्सरे मेसिन तथा ७२ थान स्टेचर प्राप्त गरेको गाउँकार्यापालिका सदस्य जीतबहादुर नेपालीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका गर्भवती महिलाहरुको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जाँच गर्न सहयोग पु¥याउने उद्देस्यले ति संस्थाहरु मिलेर भिडियो एक्सरे मेसिन गाउँपालिकालाई उपलब्ध गराएको हो । संस्थाहरुको तर्फबाट संयुक्त रुपमा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङलाई हस्तान्तरण गरेको जनाएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै गाउँपालिकाले दुवै संस्थालाई धन्यबाद दिनुभयो । संस्थाले उपलब्ध गराएको स्टेचर आवश्यक पर्ने स्वास्थ्य संस्थाहरुलाई आवश्यकताका आधार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology