दीपक श्रेष्ठ
गोरखा ५ चैत । गोरखाको बारपाक सलिकोट गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरुङले चालक नभएपछि आफैले एम्बुलेन्स चलाएर घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पु¥याउनु भएको छ । आज बिहान गाउँपालिका स्थित वडा नम्बर ३ को स्वाँरामा पर्ने काउँले खोलाको जंगलमा घाँस काट्न गएकी एक महिला लडेर गम्भीर घाइते भएपछि वडाध्यक्ष गुरुङले आफैले एम्बुलेन्स चलाएर घाइतेलाई उपचारका लागी सदरमुकाम स्थित अस्पतालमा पु¥याउनु भएको हो ।
‘घाइतेको अबस्था गम्भीर भएको भन्ने थाहा पाएँ घाइतेका आफ्न्तहरुले सवै तिर एम्बुलेन्स खोज्नु भएछ, तर एम्बुलेन्स नपाएपछि जंगलबाट बोकाएर ल्याउदै गरेको जानकारी आयो, म आफैले भनेपनी एम्बुलेन्स चलाएर छिटो उपचारका लागि पु¥याउनुपर्छ भन्ने लागेर एम्बुलेन्स चलाएर ल्याएको हुँ ।’ उहाँले भन्नुभयो । पाँचखुवा स्वास्थचौकीद्धारा सञ्चालित एम्बुलेन्स खाली भएपनि चालक बिरामी भएकाले आफैले चलाएर ल्याएको उहाँले जानकारी दिनुभयो ।
घाइते बोल्ने समेत नसक्ने अबस्थामा भएको भन्ने सुनेपछि टाढाबाट एम्बुलेन्स खोज्नु भन्दा आफै चलाएर लैजादा छिटो पु¥याउन सकिन्छ भन्ने मनमा आएकाले आफैले एम्बुलेन्स चलाएर अस्पताल पु¥याएको वडाध्यक्ष गुरुङले बताउनुभयो । ‘म जनप्रतिनिधि हो, मैले जनताका हरेक दुःखमा सकेको र जानेका काममा साथ दिनुपर्छ भन्ने लाग्छ, उहाँले भन्नुभयो, घाइतेलाई समयमा उपचारका लागि अस्पतालसम्म ल्याउन सकें, मेरो हातमा सिप भएकाले नै त गरेको हुँ ।’
वडाध्यक्ष गुरुङले ग १ झ ९९४ नम्बर एम्बुलेन्स चलाएर घाइतेको उद्धार गरी अस्पताल पु¥याउनु भएको हो । ‘सौरपानी स्वास्थचौकीले सञ्चालन गर्दै आएको एम्बुलेन्स काठमाण्डौ बिरामी बोकेर गएको रहेछ, अन्तकतै एम्बुलेन्स थिएन, उहाँले भन्नुभयो, खाली भएको एम्बुलेन्सको चालक बिरामी छ, अब मैले नगरे कसले गर्छ भन्ने मनमा लागेर हतार हतार बिरामीको उद्धार गरि अस्पताल पु¥याउन तिर लागेँ ।’
घाइते ५५ बर्षिय मंगली गुरुङको आमाबा हस्पिटल गोरखामा समान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।