Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाल असुरक्षित रहेको आशंका


749
Shares

शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाल असुरक्षित रहेको आशंका

काठमाडौं, २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले जनाएको छ ।

अभियानका संयोजक राम कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका रिजाललाई बयान फेर्न टोपबहादुर रायमाझी, इन्द्रजित राईसहितले दवाव दिएको आरोप लगाएका छन् । त्यसले रिजालमा तनाव बढ्नुको साथै असुरक्षा उपत्न भएको दाबी गरिएको छ ।

रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामा राख्न कार्कीले नेपाल सरकारसँग माग गरेका छन् । अपरिचित आगन्तुकलाई भेट्नअनुमति दिनुअघि रिजालसँग परामर्श लिन सुझाउँदै विज्ञप्तिमा भनिएको छ,‘रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस् ।’

कोठा न्यानो राख्न पर्याप्त सुत्नेसामग्री उपलब्ध गराउन माग गर्दै रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्सा जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा रिजाल, एमाले सचिव तथा पूर्व उपप्रधनमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितकाहरू अहिले केन्द्रीय कारागार सुन्धारामा थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology