गोरखा, २८ असार । प्रेस युनियन गोरखाको अध्यक्षमा पुनः नरेन्द्र ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको प्रेस युनियन गोरखाको पाँचौ अघिवेशनबाट ढकाल पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनले युनियन गोरखाको महिला उपाध्यक्षमा मेलिना बराम, उपाध्यक्षमा बिराज त्रिपाठी, सचिवमा सुदिप श्रेष्ठ, सहसचिवमा प्रतिक्षा आले र कोषाध्यक्षमा विवर गुरुङलाई चयन गरेको छ ।
अधिवेशनकाले जिल्ला कार्य समितिका सदस्यहरुमा मदन बिक, ऋतु गान्धारी, अफ्जल मियाँ, बविता श्रेष्ठ र छिरिङ फुन्जो लामालाई चयन भएको नवनिर्वाचित समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।