Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

धार्चे गाउँपालिकामा ३ सय ५२ जना गोठालालाई त्रिपाल वितरण


756
Shares

धार्चे गाउँपालिकामा ३ सय ५२ जना गोठालालाई त्रिपाल वितरण

गोरखा,२६ असार । गोरखाको धार्चे गाउँपालिकाले गोठालाहरुलाई  त्रिपाल वितरण गरेको छ । वडा नम्बर – २ र ५ का गोठमा बस्ने गोठालालाई लक्षित गरी ३ सय ५२ जना गोठालाहरुलाई त्रिपाल बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

वडा नम्बर ५ का सिङ्ला, लप्सीबोट र माछिखोलाका एक सय ६२ जना र वडा नं २ का रुन्चेत, केरौजा र केरौजाबेशीका एक सय ८८ जनालाई त्रिपाल बितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत त्रिपाल र सोलार खरिद गरेर वितरण गरिएको हो । कार्यक्रमका लागी पालिकाले दश लाख रकम विनियोजन गरेको थियो ।

वडा नम्वर ५ का केही गोठालाहरुलाई सोलार समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष गुरुङ, सम्बन्धित वडाका अध्यक्ष लगायतको उपस्थितिमा त्रिपाल र सोलार वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology