काठमाण्डौ २६ असार । लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। काठमाडौंका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । हेलिकप्टर बिहान १० बजे उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको उहाँले बताउनुभयो ।
‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नभएको प्रवक्ता सिटौलाको भनाई छ । हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक सवार रहेको बताइएको छ ।