Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा अस्पतालको निरीक्षण


1.2K
Shares

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा अस्पतालको निरीक्षण

पोखरा, २४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको भन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिनुभयो ।

‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाव दिनुभयो ।

अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलोका लागि र्‍याम्प निर्माण भएको भएपनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर विकास गौचनले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भने र्‍याम्प भएर आउजाउ गर्ने ठाउँपनि व्यवस्थित गर्नुपर्ने रहेछ ।’

मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लगायतका बारेमा जानकारी लिएका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलिसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडी सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।

सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए । पोखरा महानगर ३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन निर्माणाधीन छ । निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology