Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ठेक्का लगाएको ९ बर्षसम्म पनि बनेन मोटरेवल पुल


812
Shares

ठेक्का लगाएको ९ बर्षसम्म पनि बनेन मोटरेवल पुल

गोरखा, २३ असार । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको ९ बर्षसम्म पनि निर्माण हुन सकेको छैन । कुल १७ करोड ४६ लाख रुपैयामा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो ।

अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिसत मात्र भौतिक प्रगतीको काम भएको एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले पुलको दुबैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ ।

आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो । निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसंग ठेक्का सम्झौता रद्ध गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताउनुभयो ।

‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो, देवकोटाले भन्नुभयो, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।’ पप्पु कन्ट्रक्सन आयोजना कम्पनीसंग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

पुरानो ठेक्का रद्ध गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि वोलपत्र आवहन गरेको उहाँले बताउनुभयो । उक्त पुल एकसय ५१ मिटर लम्बाईको हुने उहाँले बताउनुभयो ।

पहिलो पटकको ठेक्का सम्झौता पछि बि.स २०७१ साल असार २९ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिल्यान्स गर्नुभएको थियो । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकहरुले बषौदेखि सास्ती खेप्दै आउनु परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology