Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चोरी मुद्धमा कैद तथा जरिवाना सजाय पाएका फरार अभियुक्त पक्राउ


1K
Shares

गोरखामा चोरी मुद्धमा कैद तथा जरिवाना सजाय पाएका फरार अभियुक्त पक्राउ

गोरखा, २१ असार । चोरी मुद्धाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवानाको सजाय पाएका गोरखा नगरपालिका–८ का २१ बर्षका दिपेश भनिने राकेश मजकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका मजकोटीलाई अदालतले ७ हजार रुपैया जरिवाना सहित ९ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई आज नै कैद तथा जरिवाना असुलका लागि अदालतको आदेशबाट गोरखा कारागारमा पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology