गोरखा, २१ असार । गोरखाको गण्डकी गाउँपालिकामा दलित समुदायको क्षमता विकास तथा अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ । गाउँपालिकाको सभाहल तोमडाँडामा दलित समुदायको हक अधिकार सम्बन्धी क्षमता बिकासका लागि अभिमुखीकरण कार्यक्रमको अयाोजना सुरु गरिएको गाउँपालिका अध्यक्ष दीपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो ।
अभिमुखीकरण कार्यक्रम आज गाउँपालिका अन्तरगत वडा नम्बर १ देखि ४ सम्मका दलित जनप्रतिनिधिहरु, दलित समुदायका युवा तथा विद्यार्थीहरुको सहभागिता रहेकोे उहाँले बताउनभयो । त्यस्तै भोली गाउँपालिकाको वडा नम्बर ५ देखि ८ सम्मका दलित दलित जनप्रतिनिधि युवा तथा विद्यार्थीहरुको सहभागिता रहने अध्यक्ष तिमेल्सिनाले जानकारी दिनुभयो । गाउँपालिकाले दलित समुदायहरुको क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।