Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना पछि फरार भएका चालक पक्राउ


721
Shares

शहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना पछि फरार भएका चालक पक्राउ

गोरखा, २१ असार । गोरखाको शहीद लखन गाउँपालिका –सिलिङमा जन्ती बोकेको जिप दुर्घटना पछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । गएको ८ गते दुर्घटनामा परेको ्र. ३–०१–०२३ च. २४२७ नम्बरको बलेरो जिपका चालक सोही ठाउँका २६ बर्षका दोष बहादुर थापालाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त जीप दुर्घटनामा परी एकै वडाका ४ जना सहित ५ जनाको मृत्यु भएको थियो । दुहली लिएर फर्कदै गरेको जिप सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा १२ जना घाइते भएका थिए ।

घटनामा मृतकको आफन्तहरु मार्फत जाहेरी दरखास्त प्राप्त भएपछि थापालाई पक्राउ गरी सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका थापा माथि थप अनुसन्धान सुरु भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology