गोरखा, २१ असार । गोरखाको पालुङटार नगरपालिका–८, धुवाकोट स्थित टटलेचौरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट स्विकृती प्रदान भएर आएपछि धुवाकोटमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त अस्थायी प्रहरी पोस्टमा प्रहरी बरिष्ठ हवलदारको कमाण्डमा ६ जना प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । तत्कालका लागि टालाचौर स्थित महिला समुहको भवनमा पोस्ट स्थापना गरी सञ्चालनमा आएको डिएसपी श्रेष्ठले बताउनुभयो । लामो समयदेखि त्यहाँका स्थानीयबासीहरुले अस्थायी प्रहरी पोस्ट स्थापनाको माग गरेका थिए ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक सुरेन्द्र तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष होपबहादुर नेपाली सहित स्थानीयबासीहरुको उपस्थितीमा पोस्ट स्थापना गरिएको उहाँले बताउनुभयो । प्रहरीको अस्थायी पोस्ट बसेपछि टोल तथा शान्ति सुरक्षा हुने बिश्वास स्थानीयबासीहरुले लिएका छन् ।