गोरखा, २० असार । गोरखाको अजिरकोट गाउँपालिकाले आगामी साउन महिनादेखि पालिकाको आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ । गाउँपालिकाले यहीँ साउनदेखि खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ठ परेको गाउँपालिकाको लोगोलाई प्रयोगमा ल्याउन लागेको प्रमख प्रशासकिय अधिकृत नवराज अवस्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाले गएको बैशाख ७ गते सार्वजनिक सूचना जारी गरेको लोगो निर्माणका लागि प्रस्ताव आवहन गरेको थियो । प्रस्तावमा पेश भएका मध्ये उत्कृष्ठ लोगो छनोट गरी प्रयोगमा ल्याउन लागिएको उहाँले बताउनुभयो ।