Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जन्मदिनको अबसरमा श्रेष्ठद्धारा सरस्वती मा.विका १४ जना बालबालिकालाई पोशाक वितरण


3.2K
Shares

जन्मदिनको अबसरमा श्रेष्ठद्धारा सरस्वती मा.विका १४ जना बालबालिकालाई पोशाक वितरण

गोरखा, १९ असार । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ निवासी बिपिन श्रेष्ठले आफ्नो जन्मदिनको अबसरमा १४ जना बालबालिकालाई बिधालयको पोशाक सामाग्री वितरण गर्नुभएको छ ।

बिगत केही समयदेखि गाउँम सामजिक क्षेत्रमा क्रियाशिल भएर काम गर्दै आउनु भएका उहाँले श्री सरस्वती माध्यामिक बिधालय बोर्लाङमा अध्ययनरत दलित समुदायबा बालबालिकाहरुलाई विद्यालय पोशाक प्रदान गर्नुभएको हो ।

विद्यालय नजिकै रहेको चाहापानीका बिपन्न, टुहुरा तथा असाहाय बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देस्यले विद्यालय पोशाक उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यालय पोशाकको अभाव भएका बालबालिकालाई सहयोग गरेको हो, उहाँले भन्नुभयो, ‘आफ्नो जन्मदिनका अरु कसैका लागि केही गर्न सकिन्छ भन्ने गर्नुपर्छ भन्ने मेरो सोचाई हो । ’

श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भिमसेन थापा गाउँपालिका वडा नम्बर–८ का वडा पार्टी सचिब तथा बोर्लाङ्ग स्वास्थ्य चौकीका व्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology