Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रहरी महानिरीक्षक कुँवरद्धारा गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना


2.1K
Shares

प्रहरी महानिरीक्षक कुँवरद्धारा गोरखकाली मन्दिरमा विशेष पूजाअर्चना

गोरखा, १७ असार । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर बिहान मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको हो ।

शनिबार अबेर चितवनबाट गोरखा आइपुग्नु भएका उहाँले आजै नै जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत सिनियर तथा जुनियर कर्मचारीहरुलाई जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाई राख्न निर्देशन समेत दिनुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले जिल्ला भित्र हुने शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिन तथा सर्वसाधारण जनतालाई कार्यालयबाट प्रदान गरिने सवैखालका सेवालाई प्रभावकारी र जनमैत्री बनाउन पनि निर्देशन दिनुभएको हो ।

‘उहाँले सवै प्रहरी कर्मचारीहरुलाई पारदर्शी रुपमा काम गर्न निर्दशन दिनुभएको छ, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले भन्नुभयो, ‘प्रहरी कर्मचारीहरुले कानुनको पालना गराउने सन्र्दभ तथा प्रहरीको आचरण विपरित हुने खालको कार्य गरेको खण्डमा दण्डित उल्लेख गर्नुभयो ।’ प्रहरी महानिरीक्षक कुँवर आज नै राजधानी फर्कनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology