Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बाँकेको जमुनहा सीमा नाकामा भारतबाट नेपाल आउनेको मात्रै कोरोना परीक्षण


3.9K
Shares

बाँकेको जमुनहा सीमा नाकामा भारतबाट नेपाल आउनेको मात्रै कोरोना परीक्षण

बाँके ५ चैत । बाँकेमा नेपाल भारतको सिमानाका जमुनहामा कोरोना जाँचका लागि हेल्थ डेस्कको स्थापना गरिएको छ । यो नाकाबाट दैनिक ५ हजार मानिसहरु नेपाल प्रवेश गर्दछन् । जमुनाहा सिमानाकामा एकतर्फी भारतबाट नेपालतर्पm आउने मानिसहरुको मात्रै जाँच हुने गरेको छ । त्यमाथी पनि सबै जनाको स्वास्थ्य जाँच गर्न सम्भव नहुने हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी देवी चन्द्र थापा बताउनुहुन्छ ।

भारतमा कोरोनाको संक्रमण देखिन थालेपछि कमाउनको लागि भारत गएका नेपालीहरु जमुनाहा नाका हुँदै नेपाल फर्कने गरेका छन् । यस्ता नेपालीको सङ्ख्या बाक्लो छ । अहिले नेपाल भित्रनेहरु मध्ये ४० प्रतिशत नेपाली नै छन्, जो कमाउन भारत गएका थिए । जमुनहा नाकामा नेपाल फर्किने शङ्ंकास्पदलाई मात्रै जाँच हुने गरेको छ । दैनिक जसो नेपाल भारत ओहोरदोहोर गर्ने तथा सीमा आसपास बस्ने नागरिकहरुको भने जाँच हुदैन ।

आवस्यक समग्री र जनशक्ति प्रर्याप्त नहुदां भारतबाट आउने करिब १ हजार ५ सय देखि २ हजार जनाको मात्रै जाँच गर्न भ्याइने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जमुनाहा नाकाको हेल्थडेस्कमा ६ जना स्वास्थ्यकर्मीहरु खटिएका छन् । स्वास्थ्यकर्मी र उपकरणको अभावमा अहिले सिमानाकामा दुईतर्फी आवत्जावत् गर्नेहरुको जाँच हुन सकेको छैन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का भने सके सम्म सबैको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको दाबी गर्नुहुन्छ । सीमानाकामा हेल्थ डेस्क राखेर जाँच गर्नु सुरक्षाको दृष्टिकोणले राम्रो भएपनि सबैलाई जाँच गर्न नभ्याउँदा कोरोनाको जोखिम नघट्ने भन्दै नागरिकहरु असन्तुष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology