Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा पहिलो पटक सहकारी प्रबन्धक क्लब गठन


2.7K
Shares

गोरखामा पहिलो पटक सहकारी प्रबन्धक क्लब गठन

गोरखा, १६ असार । जिल्ला भित्र सक्रिय विभिन्न बिधाका सहकारी संस्थाहरुमा आवद्व भएका प्रवन्धकहरुले जिल्ला स्तरीय ‘सहकारी प्रबन्धक क्लब’ गठन गरेका छन् ।

जिल्लामा पहिलो पटक गठन गरिएको क्लबको अध्यक्षमा प्रेमकुमार श्रेष्ठ निर्विरोध अध्यक्ष चयन हुनुभएको छ । श्रेष्ठ गोरखा नगरपालिका–७ को नयाँबजारमा रहेको हिमचुली साकोसका प्रवन्धक समेत हुनुहुन्छ ।

गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघको पहलमा गठन गरिएको क्लबको उपाध्यक्षमा भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा रहेको भीमकुल साकोसका नवराज श्रेष्ठ, सचिवमा आरुघाट गाउँपालिकामा रहेको सप्तकोशी साकोसका बाशुदेव लामिछाने र कोषाध्यक्षमा गोरखा बजारमा रहेको गोरखा बिकास साकोसका आशा पहाडी चयन हुनुभएको छ ।

सनिबार संघमा आवद्व भएका सहकारीहरुको प्रबन्धकहरुको भेलाले सदस्यहरुमा आरुघाटमा रहेको सितला साकोसका देवीदत्त खनाल, महिला जागरण साकोसकी अम्बिकादेखी थापा, कट्टेलडाडाँमा रहेको तारापुञ्ज साकोसकी संगिता सिंखडा, सिरानचोक बहुउद्वेश्य सहकारी संस्थाका रबिन अधिकारी र रानीश्वारा साकोसकी अञ्जुला दवाडी क्लबको सदस्यमा चयन भएको संघका सचिव सुशील अर्यालले जानकारी दिनुभयो ।

जिल्ला भित्र सञ्चालनमा रहेको सबै सहकारीहरुलाई नीति, बिधी र प्रविधिमा जोड्दै सञ्चालनमा ल्याउन र सञ्चालक र ब्यवस्थापन तह बिच हुने त्रुटीलाई सच्याउदै अगाडी बढ्ने उद्वेश्य सहित क्लब गठन गरिएको संघका सचिव अर्यालले बताउनुभयो ।
सदरमुकाममा भएको क्लब गठन कार्यक्रममा संघका उपाध्यक्ष कृण्णकुमार श्रेष्ठ र कोषाध्यक्ष तारा बस्न्यातको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology