गोरखा, १६ असार । गोरखा सदरमुकाममा मासु पसलमा ग्यास लिक भएर आगोलागी भएको छ । गोरखखा नगरपालिका वडा नम्बर ६ स्थित आयुर्वेदिक चोक नजिकै रहेको बस्न्यात मासु पसलमा बिहान अन्दाजी ६ः ३० बजे ग्यास लिक भइ आगोलागी भएको हो ।
आगलागीबाट पसलमा क्षति सामान्य भएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । आगलागीबाट मासु पसलका सन्चालक सामान्य घाइते हुनुभएको प्रहरीले प्रहरीले जनाएको छ ।