Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

धार्चे गाउँपालिकामा “बाल विवाह र बहु विवाह न्यूनीकरण” सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न


1.7K
Shares

धार्चे गाउँपालिकामा “बाल विवाह र बहु विवाह न्यूनीकरण” सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

गोरखा, १५ असार । गोरखाको धार्चे गाउँपालिकामा “बाल विवाह र बहु विवाह न्यूनीकरण” सम्बन्धी अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । बाल विवाह जस्तो सामाजिक अपराधिक क्रियाकलापको अन्त्यका लागि पालिकाले चलाएको वाल विवाह विरुद्धको अभियानलाई सफल बनाउने उदेश्यले एक दिने “बाल विवाह र बहु विवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिनुभयो ।

साथी भाइको लहैहलैमा लागेर वा देखासिख गरेर सानै उमेरमा बिबाह गर्दा शिक्षाबाट बञ्चित भई कच्चै उमेरमा बच्चा जन्माउने र पाठेघरको गम्भीर समस्या बृहत मात्रामा देखा पर्न थालेको उहाँले बताउनुभयो । गाउँमा टोलमा सानै उमेरमा बिबाह गर्ने फेसन जस्तै भएको छ उहाँले भन्नुभयो,‘ यस्तो कार्यको न्युनिकरण गर्न अभिभाबक र पालिका जनप्रतिनिधि सबैले ध्यान पु¥याउनु पर्छ । गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८० ÷ ०८१ को निति तथा कार्यक्रममा नै यो बिषयलाई प्राथमिकतामा राखेको छ ।

कार्यक्रमको सहजिकरण कर्ता तथा प्रशिक्षण इन्द्रराज भट्टराईले न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउँदै मेलमिलापकर्ताहरूले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पार्नु भएको थियो । अहिले समाजमा सानै उमेरमा बिबाह गर्ने बच्चा जन्माउने र डिभोस गर्ने प्रबृद्धिले समाजामा बिकारल रुपलिदै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष गुरुङ, जिल्ला प्रहरी कार्यलयका गोरखाका प्रहरी सहायक निरीक्षक मीन बहादुर छेत्री, पालिका कार्मचारी लगातको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology