Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोटमा मासु उत्पादनमा ८ सय ५९ कृषकलाई अनुदान बितरण


3.6K
Shares

बारपाक सुलिकोटमा मासु उत्पादनमा ८ सय ५९ कृषकलाई अनुदान बितरण

गोरखा, १४ असार :  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र मासु उत्पादन गर्ने ८ सय ५९ जना कृषकलाई उत्पादनका आधारमा २५ लाख रुपैया अनुदान रकम बितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्र्तगत पालिका भित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

पशुपालक किसानहरुलाई गाउँपालिकाले राँगाको प्रतिकेजी १५ रुपैया र खसी, बोका र थुमाको प्रतिकेजी ३० रुपैया अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘चालु आर्थिक बर्षमा २ हजार ३ सय ७९ वटा बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको छ, अध्यक्ष भट्टले भन्नुभयो, ‘त्यस बाहेक १ सय २१ वटा राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको हो ।’

गाउँपालिकाले सम्बन्धित वडाका पशुसेवा प्राबिधिकको निगरानीमा किसानहरुको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको उहाँले बताउनुभयो । गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकहरुलाई मासु उत्पादनमा जोड दिने उद्देस्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्टको भनाई छ ।

‘किसानहरुले पालेर बिक्रिका लागाी योग्य भएका राँगा, खसी, बोका र थुमा तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो, ‘पशुपालक किसानहरुलाई उत्पादनमा हौसला प्रदान गर्ने तथा पालिका भित्र मासु र मासुजन्य उत्पादन बढाउने योजना अन्र्तगत कार्यक्रम ल्याएको हो ।’कार्यक्रमले गाउँपालिकालाई मासु उत्पादनमा आत्मानिर्भर बनाउन पनि टेवा पु¥याउने उहाँले बताउनुभयो ।…दीपक श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology