Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको पालुङटारमा ५० लाखको लागतमा बिधालयमा पानी शुद्धिकरण मेसिन जडान


2.5K
Shares

गोरखाको पालुङटारमा ५० लाखको लागतमा बिधालयमा पानी शुद्धिकरण मेसिन जडान

गोरखा ५, चैत । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योती जनता माध्यामिक बिधायलमा करिब ५० लाखको लागतमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । बिधालयमा स्वच्छ खानेपानीको अभाव हुदै आएपछि गोरखा फाउण्डेसन नेपालको समन्वयमा पानी शुद्धिकरण मेसिन जडान गरिएको बिधालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो ।

‘अहिले ६ वटा च्याम्बर मेसिन राखिएको छ, प्रधानध्यापक देवकोटाले भन्नुभयो, ‘एउटा मेसिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियम जस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्काे मेसिनले शरीरलाई आवश्यक पर्ने लवणहरु थप्छ ।’ मेसिनबाट प्रशोधित भएर पानी ट्याङकीमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बिधालयमा बालबालिकालाई शुद्ध पिउनेपानीको अभावमा जथाभावी पानी पिउने गर्दा स्वास्थ्यमा समस्या आउने गरेको थियो । प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब १ हजार ८ सय मिटर दुरीमा रहेको धारापानी मुहानबाट बिधालयमा पानी ल्याइएको छ । ‘मुहानबाट ल्याइएको पानी मेसिनबाट प्रशोधित हुँदै पानी शुद्धिकरण भएर ट्याङकीमा जम्मा हुन्छ, उहाँले भन्नुभयो, ‘पानी संकलनका लागी एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कको व्यवस्था गरिएको छ ।’

जडान गरिएको मेसिनले १ घण्टामा करिब १ हजार ५ सय लिटर पानीसम्म पानी फिल्टर गर्नसक्ने उहाँले बताउनुभयो । पानी शुद्धिकरण मेसिन राख्नका लागि बिधालयले रु २ लाख ५० हजार रुपैयाको लागतमा सुरक्षित अस्थायी घर समेत निर्माण गरेको प्रधानध्यापक देवकोटाले जानकारी दिनुभयो । ‘शुद्धिकरण भएको पानी बिधार्थी तथा शिक्षकहरुले पिउनका लागि ४ वटा धारा जडान गरिएको छ, उहाँले भन्नुभयो, धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छौ, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।’

गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेसिन जडान गरिएको उहाँले बताउनुभयो । मेसिन जडानका क्रममा फाउण्डेसनले बिधालयका ३ जना शिक्षकलाई वाटर पिउरोलोजिष्ट सम्बन्धी एक दिने तालिम समेत प्रदान गरेको बिधालयले जनाएको छ । बिधालयमै स्वच्छ पिउनेपानीको सुबिधा भएपछि बिधार्थी, अभिभावक र शिक्षक सवै खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology