Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

फिस्लिङ, अग्रिडाँडा, भुम्लिचोक भैरवी रोड सडक आयोजनाको काम ९० प्रतिसत सम्पन्न


2.3K
Shares

फिस्लिङ, अग्रिडाँडा, भुम्लिचोक भैरवी रोड सडक आयोजनाको काम ९० प्रतिसत सम्पन्न

गोरखा, १२ असार । गोरखाको गण्डकी गाउँपालिका अन्र्तगत फिस्लिङ, अग्रिडाँडा, भुम्लिचोक भैरवी रोड सडक आयोजनाको काम ९० प्रतिसत सम्पन्न भएको छ । आयोजनाको सन्र्दभमा स्थानीयबासीहरुबाट सामाजिक सञ्जालमा सडक योजनाको निर्माण अबस्था बारेमा चासो राखेपछि गाउँपालिकाले आयोजना निर्माणको अबस्थाबारे ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाको बारेमा जानकारी गराएको हो ।

वाईपि इन्जिनियरिङ एण्ड कन्स्ट्रकसन प्रा.लि पाल्पाले ठेक्का पारेर काम गरेको उक्त योजनाको काम सम्पन्न भई गाउँपालिकालाई सडक हस्तान्तरण गरेपछि मात्र अन्तिम बिल भुक्तानी हुने जनाएको छ । सडक योजना अन्तरगत सडक चौडा गर्ने, पक्की नालाको निमार्ण गर्ने, ह्युम पाईप राख्ने तथा ढलान गर्ने लगायतका कार्य गर्ने गरी ठेक्का सम्झौत भएको गाउँपालिकाले जनाएको छ ।

सडकको प्रबिधिक लागत अनुमान तयार गर्दा गुणस्तरका साथसाथै परिमाणात्क रुपमा समेत अधिकतम निमार्ण हुन सक्छ भन्ने पक्षलाई ध्यानमा राखिएको पालिकाले जनाएको छ । राज्यको लगानीलाई सहि रुपमा सदुपयोग गरी परिमाणत्मक रुपमा मात्र नभई गुणस्तर निमार्णका लागि समेत पालिकाको पालिकाले एक वडा एक प्रविधिक परिचालन गरी संक्रिय रुपमा कामको प्राविधिक सुपरीबेक्षण समेत गरिरहेको गाउँपालिकाले जनाएको छ ।

ठेक्का सर्त अनुसार पुर्ण रुपमा सम्पन्न भए पश्चात ठेकेदार मार्फत पालिकालाई ठेक्का हस्तान्तरण गरेर अन्तिम बिल भुक्तानी गरिने व्यवस्था भएकाले गाउँपालिकाले यस सन्र्दभमा सचेत रहेको ध्यानाकर्षण पत्र मार्फत उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology