गोरखा, १२ असार । यहीँ असार १४ गते बिहीबारका दिन सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले मंगलाबार एक सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशिन सूचना अनुसार बकर ईद (ईद उल अजहा) दिन सार्वजनिक विदाको निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
