Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कालो बजारी रोक्न सरकारले सहुलियत पसल सञ्चालन रोक्ने


3.6K
Shares

कालो बजारी रोक्न सरकारले सहुलियत पसल सञ्चालन रोक्ने

काठमाण्डौं ४, चैत । सरकारले कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस कोभिड १९ का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिनुभएको हो ।

केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताउनुभयो । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने मन्त्री भट्टको भनाइ छ ।

कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजना अनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने मन्त्री भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology