Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा अस्पतालमा गर्भवती महिलाहरुलाई निःशुल्क बसोवासको व्यवस्था गर्न प्रसुती आराम घर


2K
Shares

गोरखा अस्पतालमा गर्भवती महिलाहरुलाई निःशुल्क बसोवासको व्यवस्था गर्न प्रसुती आराम घर

गोरखा, ७ असार । गोरखा अस्पतालमा आजदेखि गर्भवती महिलाहरुलाई निःशुल्क बसोवासको व्यवस्था गर्न प्रसुती आराम घर सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा गोरखा अस्पतालले अस्पतालमा सुत्केरी गराउन आएका गर्भवती महिलाहरुका लागि सुरक्षित आवासको व्यवस्था गर्न प्रसुती आराम घर स्थापना गरी सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. हरीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आमा र बच्चाको मृत्युदरलाई न्युनीकरण गर्नका लागि अस्पतालले निःशुल्क प्रसुती आराम घर स्थापना गरेको उहाँले बताउनुभयो । ‘सुत्केरी गराउन टाढादेखि गोरखा अस्पतालमा आएका गर्भवती महिला र कुरुवालाई तत्काल सुत्केरी गराउन नपर्ने अबस्था हुँदा घर फर्काउनु पर्ने अबस्था रहदै आएको थियो, मेडिकल सुपरीटेण्डेन्ट डा. श्रेष्ठले भन्नुभयो, ‘यस्तो अवस्थामा गर्भवती महिलाहरुलाई टाढा टाढासम्म फर्काएर पठाउदा उहाँहरुको स्वास्थ्यमा जटिलता हुनसक्ने हुँदा अस्पतालमा नै निःशुल्क वसोवास गर्न पाउने गरी आराम घर स्थापना गरिएको हो ।’

अस्पतालले सञ्चालनमा ल्याएको प्रसुती आराम घरमा गाउँबाट प्रसुती गराउन आउने आर्थिक रुपमा बिपन्न र असाहायहरुको लागि उचित ब्यबस्थपन गरी सुत्केरी आमा र एकजना हेरालुलाई निःशुल्क खानेबस्ने व्यवस्था हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

‘अहिले तत्कालका लागि अस्पतालले तीनवटा वटा सुविधासम्पन्न बस्ने कोठा, एउटा किचेन आराम गृहघरका लागि तयार पारेको छ, उहाँले भन्नुभयो, ‘सोही भवनमा भित्रै शौचालय, बाथरुम र बाइफाईको ब्यबस्था गरिएको छ ।’ सेवाग्राहीको माग अनुसार अन्य सुविधा आवश्यक परे थप गर्दै जान सकिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । आराम गृहघरको जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियारले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

आराम घर स्थापना लागि गण्डकी प्रदेश सरकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा अस्पताललाई पन्ध्र लाख रुपैँया उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा उद्योय बाणिज्य संघका अध्यक्ष कुष्णकुमार श्रेष्ठ, गोरखा अस्पतालमा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology