Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न


1.6K
Shares

भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखा, १ असार । गोरखाको भिमसेन थापा गाउँपालिकामा एक दिने किट जन्य रोग नियन्त्रणका तथा निवारण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ पिपलटारमा गाउँपालिका र वडाको संयुक्त आयोजनामा एक दिने अन्तरक्रया कार्यक्रम सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

बर्खा याममा लामखुट्टे र मलेरीयाको प्रकोप बढ्न थालेपछि बाताबरणमा दैनिक फैलिदै आएको डेङगु र किट जन्य रोगको नियन्त्रण निवारण गर्ने उदेश्यले गाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । अघिल्ले बर्षमा डेङ्गुमा कारण धेरै मानिस बिरामी भएकाले पालिकाले पुर्ब सुचना स्वरुप बहु अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

घर वरपर रहेका पानी जम्ने खाल्टा खुल्टी, फोहोरको भाँडा ,टायर, फुलदानी आदिलाई सफा गर्ने, लामो लुगा लगाउने ,बिहान र साँझपख बाहिर ननिस्कने आफु बस्ने वरपर सफा राखी किटजन्य रोगको नियन्त्रण गरि डेङ्गु बाट आफुपनि बच्ने र अरुलाईपनि बचाउन सिकाईएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । बर्खा याममा लामखुट्टे र मलेरीयाका प्रकोप बढ्न थालेपछि वडा नम्बर ७ र ८ लाई बिशेष लक्षित गरी गाउँपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

वडा नम्बर ७ का वडा अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष बिष्णु श्रेष्ठ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खनाल लगायले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology