Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्ध खोप अभियान


1.1K
Shares

चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्ध खोप अभियान

गोरखा, ३१ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिका र किमोलुङ फाण्डेशन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा अभियान सुरु भएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

चुमनुब्रीमामा वडा नम्बर ३ बाट खोप लगाउने अभियान सुरु भएको उहाँले बताउनुभयो । शिविरमा एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिनुभयो । खोप लगाइएको मध्ये ४५ जना पुरुष र ६९ जना महिला रहेको उहाँले बताउनुभयो ।

‘जगतमा शिविर सञ्चालन गरेर खोप लगाउने अभियान थालिएको छ, उहाँले भन्नुभयो, ‘अव क्रमसः अन्य वडाहरुमा पनि खोप लगाउने अभियान निरन्तर सञ्चालन गरिनेछ ।’ अभियान अन्तरगत मंगलबार जगतमा सञ्चालन गरिएको शिविरमा १ सय ६० जनाको हेपाटाइटिस बी को परीक्षण गरिएको किमोलुङ फाण्डेशनका अध्यक्ष वान्चुक राप्तेन लामाले जानकारी दिनुभयो ।

‘पहिलो दिन ७३ जना पुरुष र ८७ जना महिलामा हेपाटाइटिस बी को परीक्षण गरिएको छ, उहाँले भन्नुभयो, परिक्षण गरिएका मध्ये ६ जनामा हेपाटाइटिस बि पोजेटिभ देखिएको छ ।’ गाउँपालिकाको न्याकमा बुधबार, असार २ गते सा¥र्योकडाँडा, ३ गते बाङसिङ, ४ गते सानोफिलिम, ५ गते पाति र ६ गते सिर्दिबास स्वास्थ्य चौकीमा खोप अभियान संचालन हुनेछ ।

अन्य वडामा आगामी अक्टोबरमा खोप अभियान सञ्चालन गरिने कायक्रम रहेको गाउँपालिकाले जनाएको छ । पहिलो डोज लगाएका व्यक्तिले एक महिनापछि दोस्रो डोज र ६ महिना पछि तेस्रो डोज लगाउनुपर्ने लामाले बताउनुभयो । खोप कार्यक्रम सञ्चालन गर्नु अघि पालिकाका स्वास्थ्यकर्मीहरुलाई हेपाटाइटिस रोग सम्बन्धी प्रशिक्षण समेत दिइएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology