Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पालुङटार नगरपालिकाले ग¥यो नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण


3.4K
Shares

पालुङटार नगरपालिकाले ग¥यो नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण

गोरखा, ३० जेठ । गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण सम्पन्न गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधान अनुसार नगरपालिका क्षेत्र भित्र रहेका जग्गाहरुको वर्गीकरण सम्पन्न गरेको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका जग्गालाई ९ भागमा बर्गिकरण गरेको उहाँले बताउनुभयो । ‘कृषि, व्यवसायिक, सांस्कृतिक तथा पुरातात्विक, बनक्षेत्र, नदी खोला, औधोगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासिय सहित ९ भागमा जग्गाको बर्गिकरण गरिएको हो, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘बर्गिकरणको सवै काम सम्पन्न भएकाले जग्गा कित्ताकाट पनि खुल्ला गरिएको छ ।’

नगरपालिकाले नापी विभागले उपलब्ध गराएको नापी नक्शामा कतिपय कित्ता नम्बरहरु नबुझिने भएकाले त्यसलाई पनि हालको मापदण्ड अनुसार नै भूउपयोग क्षेत्रमा वर्गीकरण गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यस्ता कित्ताहरुको हकमा कुनैपनि जग्गा धनीले स–प्रमाण पेश गरेमा सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता किताहरुको परिमार्जन तथा अध्यावधिक समेत गर्ने व्यवस्था गरिएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

कित्ता,नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गिकरण अनुसार जुन कित्ता भिडान हुन्छ त्यही अनुसार कित्ता वर्गिकरणमा अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको छ । अहिले बर्गिकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नु अघि नै अन्य वर्गमा पर्ने पर्याप्त आधार पेश भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था बर्गिकरणमा गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख चिन्तनले नगरक्षेत्र भित्रका जग्गाको बर्गिकरण गरी स्थानीय भूउपयोग परिषदको बैठकबाट स्वीकृत समेत भइसकेको जानकारी दिनुभयो । स्विकृत भूउपयोग क्षेत्रको बर्गिकरण नापी कार्यालय गोरखा र मालपोत कार्यालय गोरखामा पेश गरिसकेकाले नगरक्षेत्र भित्रका जग्गा कित्ताकाट खुल्ला गरिएको उहाँले बताउनुभयो ।

बर्गिकरणको काम सम्पन्न भएसंगै नगरपालिकाले आजदेखि लागू हुने गरी नगरपालिका अन्तर्गत रहेका सवै जग्गाको कित्ताकाट खुल्ला भएको नगरप्रमुख चिन्तनले जानकारी दिनुभयो । सवै प्रक्रिया पुरा गरी भूउपयोग क्षेत्र वर्गीकरण गरी नगरपालिकाले जग्गाधनी दर्ता प्रमाणपुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचना समेत जारी गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।

‘नगरपालिकाको स्विकृत भूउपयोग क्षेत्र वर्गीकरणको तथ्याङ्क संघिय भूउपयोग परिषद्, प्रदेश भूउपयोग परिषद्, नापी विभाग, नापी कार्यालय र मालपोत कार्यालयमा पठाउने निर्णय बमोजिम सवैलाई पठाई सकिएको छ, उहाँले भन्नुभयो, ‘सवै काम सम्पन्न गरेर अब कित्ताकाट गर्न पाउने गरी सूचना पनि प्रकाशन गरिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology