Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अदालतको अनुमति लिएर प्राकृतिक बासस्थानमा छोडियो हुचिल


2.1K
Shares

अदालतको अनुमति लिएर प्राकृतिक बासस्थानमा छोडियो हुचिल

गोरखा ३०, जेठ । डिभिजन बन कार्यालय गोरखाले अवैध रुपमा घरमा राखिएको अवस्थामा भेटिएका दुईवटा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छोडेको छ ।

यहीँ जेठ १८ गते सहिदलखन गाउँपालिका–६, घर भएका २७ बर्षका मोहन सिं थापा र २० बर्षका विकास थापाको घरमा अबैध रुपमा राखिएको हुचिललाई १२ दिनपछि सोमवार साँझको समयमा प्राकृतिक बासस्थानमा पु¥याएर छोडिएको डिभिजन बन कार्यालय गोरखाका बनअधिकृत बिनोद गायकले जानकारी दिनुभयो ।

हुचिल रातको समयमा स्वतन्त्र रुपमा सक्रिय हुने प्रजातीको पन्छी भएकाले कृतिम वासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने भन्दै प्राकृतिक वासस्थानमा नै सुरक्षित छोड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिद लखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै बासस्थानमा छोडिएको उहाँले बताउनुभयो ।

‘हुइचिललाई उसको साविकको बासस्थान बाहेक अन्य ठाउमा छोड्दा आहारको खोजीमा समय लाग्ने पनि हुन्छ, बनअधिकृत गायकले भन्नुभयो, ‘यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस भनेर पनि प्राकृतिक बासस्थानमा छोडिएको हो ।’

वरामद् पन्क्षीको जीवन रक्षाको लागि प्राकृतिक स्थानमा नै लगेर छोड्नको लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय, गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले वरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छोडेको हो ।

वडाध्यक्ष दिलिप नारायण थापा, स्थानीयबासी, प्रहरी र पत्रकारको रहोवरमा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छोडिएको बनअधिकृत गायकले जानकारीले दिनुभयो । ‘हुचिलको मुख्य आहारा खरायो, न्याउरी मुसा, मुसा लगायत हो, उहाँले भन्नुभयो, ‘दिनभरी आराम गर्ने र रातको समयमा आहाराको खोजीमा निस्कने र आहारा गर्ने गर्दछ ।’

नेपालको पहाडी भेगमा पाइने प्रजातीको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठूलो हुने हुने बनअधिकृत गायकको भनाई छ । नेपालमा पाइने २३ प्रजाती हुचिल मध्ये ९ प्रजातीको हुचिल भने लोपोन्मुख अबस्थामा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ ।

हुचिल सहित पक्राउ परेका दुवै जना माथि भने जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको बनअधिकृत गायकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology