Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका महिलालाई झोल साबुन बनाउने तालिम


1.5K
Shares

गोरखाका महिलालाई झोल साबुन बनाउने तालिम

गोरखा, २९ जेठ ।  गोरखा नगरपालिका वडा नं. १२ का महिलाहरुलाई झोल साबुन बनाउने तालिम दिएको छ । सत्यदेवी महिला समूहको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा वडा भित्रका महिलाहरुलाई झोल साबुन बनाउने तालिम दिएको हो । तालिममा वडा भित्रका ३६ जना महिलाको सहभागिता रहेका थियो । तालिमको आज (सोमबार) एक कार्यक्रम गरि समापन गरिएको महिला समूहकी अध्यक्ष खगु माया लामिछानेले जानकारी दिनुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर ( सपना पुन)ले तालिम लिनु भन्दा पनि व्यहारमा उर्तानु ठुलो कुरा हुने तर्क व्यक्त गर्नुभयो । नगरपालिकाले सबै महिलाहरुलाई उधमशिलता तालिम दिएर उधमी बनाउने उदेश्य राखेको उहाँले बताउनुभयो । अहिले तालिम लिएका महिलाहरुले व्यवहारमा कार्यान्वय गरी उधमी बनेमा आगमी दिनमा अनुदान सहितको कार्यक्रमका लागी बजेट विनियोजन गरिने उपप्रमुख थोकरले जानकारी दिनुभयो ।

तालिममा मात्रै सिमित रहने हो भनी यस बाहेक कुनै खालको सहयोगको अपेक्ष नगर्न समेत उहाँले आग्रह गर्नुभयो । उत्पादित झोल साबुन लुगा धुन मात्र नभई अन्य घरायसी प्रयोजनका लागी पनि प्रयोग गर्न सकिने तालिममा सहभागि मध्यको एक अमृता थापाले बताउनुभयो । पाँच दिन सम्म चलेको तालिमलाई सुबिनि लामिछानेले प्रशिक्षण गराउनु भएको थियो ।

महिला समूहकी अध्यक्ष लामिछानेको अध्यक्षता तथा उपप्रमुख थोकरको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडाध्यक्ष डिल बहादुर थापा, महेन्द्र मा. वि कुनदुरका प्रधानध्यापक गोपाल बाबु मरहठ्ठालगायतले मन्तव्य राखेका थिए ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology