गोरखा, २९ जेठ । नागरिकताको प्रमाणपत्रमा आफुखुसी आफ्नो उमेर सच्याएका एक ब्यक्तिलाई जिल्ला प्रशासन कार्यलय गोरखाले कारवाही गरेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर – ७ घर भएका ९० बर्षीय छन्दप्रशाद पाण्डेलाई कार्यलयले कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
पाण्डेको नागरिकता प्रमाणपत्रमा १९९० जन्ममिति उल्लेख गरीएको छ ,तर उहाँले त्यसलाई केरेर १९८३ सालको बनाएको पाइएको छ’, उहाँले भन्नुभयो, नागरिकता ऐन बमोजिम कारवाही गरी १० हजार रुपौँया जरीवाना तिराएका हौँ ।
पाण्डेले आफ्नो जन्ममिति सच्याएपछि राज्यकोषबाट लिएका सेवा सुबिध र सुरक्षा भत्ता रकम पालिकाबाट असुल उपर गर्ने जिल्ला प्रशासन कार्यलय गोरखाले निणर्य गरेको छ ।
पाण्डेलाई सोही बमोजिमको कारवाही गरी १५ दिन भित्र कार्यलयमा जानकारी गराउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।