Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघको गोरखा जिल्ला सम्मेलन सम्पन्न


2.3K
Shares

नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघको गोरखा जिल्ला सम्मेलन सम्पन्न

गोरखा, २८ जेठ ।  नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघको गोरखा जिल्ला सम्मेलनले बुद्धिबहादुर कुमालको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन भएको छ । गोरखा सदरमुकाम स्थित होटल गोरखा प्यालेसमा शनिबार सम्पन्न भएको सम्मेलनले कुमालको अध्यक्षतामा १४ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्ष बिजय पुडासैनी, भगवती चेपाङ, सचिवमा एकबहादुर थापा, सहसचिवमा गंगा भट्ट, कोषाध्यक्षमा सिताराम नेपाली र सहकोषाध्यक्षमा मखना खड्का चयन हुनुभएको नवनिर्वाचित समितिका उपाध्यक्ष बिजय पुडासैनीले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा राधिका कुमाल, लालबहादुर कुमाल, अशोका थापा, भूपालबहादुर गुरुङ, ऋषि लामिछाने, शशी बस्नेत र इश्वरी प्रसाद लामिछाने चयन हुनुभएको उहाँले बताउनुभयो ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यतमा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक अभिभावक संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज श्याम शर्मा, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology