Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राजधानीको टुंगो लगाउन प्रदेश न. २ मा मतदान सुरु


2.2K
Shares

राजधानीको टुंगो लगाउन प्रदेश न. २ मा मतदान सुरु

जनकपुरधाम । प्रदेश २ को मंगलबार प्रदेशको राजधानी र नाम टुंगो लगाउने बारे मतदान सुरु भएको छ। प्रदेशसभाको बैठकले नाम र राजधानी टुंग्याउन नसकेपछि प्रदेशसभामा मतदान सुरु भएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको हो । राजधानी नेकपा, राजपा, समाजवादी र कांग्रेसको जनकपुर कायम गर्ने प्रस्तावमा सहमती भएको छन् । केन्द्रको बारेमा दलहरु सहमत भएपनि नामबारे फरक–फरक धारणा राखेका छन्। नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।

नेकपाको जानकी प्रदेशको प्रस्तावमाथि मतदान सुरु भएको हो। यो प्रस्तावमाथिको मतदानको नतिजा सार्वजनिक हुँदा बहुमत नपुगे अर्को प्रस्तावमाथि मतदान हुने कार्यलयले जानकारी दिएको छ । राजपा र समाजवादीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन्।

सभामा १०७ जना सांसद रहनु भएको छ । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ। नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology