Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गाेरखाकाे दराैंदी नदिमा डुबेर एक जनाकाे मृत्युु


8.2K
Shares

गाेरखाकाे दराैंदी नदिमा डुबेर एक जनाकाे मृत्युु

 

गोरखा, २८ जेठ । गोरखाको दरौंदी नदीमा ढुबेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–६ गाँखु चिलाउने गाउँका ६६ बर्षिय पूर्णबहादुर पुलामी भएको गोरखा प्रहरीले जनाएको छ ।

शनिबार घरबाट खाना खाएर निस्कीएका पुलामी गाँखु नजिकै रहेको दरौदी नदीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछाने जानकारी दिनुभयो।

पुलामी श्रीमतीको मृत्यु पछि विछिप्त अवस्थामा जीवन निर्वाह गर्दैै आएको स्थानियले बताएका छन्। घटना हुनु भन्दा केही बेर अगाडी मात्रै उनले लगाएको सर्ट आफ्नो छोरालाई दिनु भन्दै गाँखुमा रहेको प्रहरीलाई दिएर उनी नदी तर्फ लागेको पनि प्रहरीले जानकारी दिएको छ ।

 

त्यस लगत्तै उनका छोरा र प्रहरीले खोज तलास गर्दा बजार नजिकै रहेको दरौदी नदीमा मृत्त अवस्थमा पुलामीलाई फेला पारेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology