Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रशासनले आइतबारदेखी दुई चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन गरिने


1.6K
Shares

गोरखा प्रशासनले आइतबारदेखी दुई चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन गरिने

गोरखा, २६ जेठ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबारदेखी दुई चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा वितरण कार्य संचालन गरिने भएको छ ।

सेवाग्राहीको अत्याधिक चाप बढ्दै गएकोले जेठ २८ गतेबाट विहान ६ बजे देखि बेलुका ६ बजे सम्म २ चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा राहदानी वितरण कार्य संचालन हुने सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिनुभयो । सोही बमोजिम सेवा लिन पनि अनुरोध गरिएको छ ।

राहदानीको लागि मिति र समय लिएका सेवाग्राहीहरुले तोकिएकै मिति र समयमा उपस्थित भई सेवा लिनु पर्ने उहाँले बताउनुभयो । सो मिति र समय भन्दा अघि वा पछि आउने सेवाग्राहीलाई सेवा दिन नसकिने प्रशासनले जनाएको छ ।

 

No description available.

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology