Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओवादी केन्द्रले ग¥यो सहिद लखन गाउँपालिकाका अगुवा नेता कार्यकर्ताहरुलाई स्कुलिङ


1.7K
Shares

माओवादी केन्द्रले ग¥यो सहिद लखन गाउँपालिकाका अगुवा नेता कार्यकर्ताहरुलाई स्कुलिङ

गोरखा, २६ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहिद लखन गाउँपालिकाको पालिका स्तरीय अगुवा कार्यकर्ताको स्कुलिङ कार्यक्रम आज सम्पन्न भएको छ । पार्टी नेता कार्यकताहरुलाई पार्टी नीति सिद्धान्त, बिचार र कार्यदिशा बारेमा अध्ययन गराउन हिजोदेखि सुरु भएको स्कुलिङ आज सम्पन्न भएको नेकपा माओवादी केन्द्र सहिद लखन गाउँपालिका पार्टी समितिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ ताक्लुङमा आवासिय सुविधा सहित भएको दुई दिने स्कुलिङमा पालिका भित्रका सवै वडा वडापार्टी समितिका पदाधिकारी, गाउँपालिका पार्टी समितिका सदस्य तथा पदाधिकारी, पालिका भित्रका प्रदेश समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पहिलो दिन पार्टीका केन्द्रीय सदस्यहरु अमर तमुले राजनीतिक अर्थशास्त्र, लेखबहादुर थापाले दर्शन शास्त्र, कमला नहर्कीले संगठानात्मक सिद्धान्त, गण्डकी प्रदेश कमिटी स्कुलिङ विभाग सदस्य अंकुर तिमिल्सेना (आयाम) ले बिश्व कम्युनिष्ट आन्दोलनको इतिहास बारेमा प्रशिक्षण प्रदान गर्नुभयो ।

त्यस्तै प्रदेश कृष्ण चेपाङले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, गाउँपार्टी समितिका अध्यक्ष रमेशबाबु थापामगरले नेपालको संविधान, समाजको विकास क्रम, गाउँपार्टी समितिका प्रवक्ता भरत खनालले गोर्खाली कम्युनिष्ट आन्दोलनको इतिहास र कृष्ण श्रेष्ठले सहकारी र उत्पादन बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।

स्कुलिङ कार्यक्रमको दोस्रो दिन पार्टीका बरिष्ठ केन्द्रीय सदस्य हरिराज अधिकारले राजनीतिक कार्यदिशा, केन्द्रीय सदस्य तथा पार्टीका गोरखा जिल्ला इन्चार्ज अमर तमुले राजनीतिक अर्थशास्त्र, लेखबहादुर थापाले दर्शन शास्त्र, पार्टीका गण्डकी प्रदेशका प्रचार बिभाग प्रमुख दीपक श्रेष्ठले सूचना प्रविधि, सामाजिक सञ्जाल र राजनीति तथा जिल्ला समन्वय सदस्य नविन सुर्खेतीले महान जनयुद्धका बिषयमा केन्द्रीत रहेको प्रशिक्षण प्रदान गर्नुभएको हो । स्कुलिङ कार्यक्रम पालिका भित्रका एक सय भन्दाबढी अगुवा कार्यकर्ताहरु उत्साह जनक सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology