गोरखा, २६ जेठ । गोरखा नेत्रहीन संघद्धारा सञ्चालित सहायता कक्षलाई आवश्यक सामग्री वितरण गरिएको छ । नेपाल नेत्रहीन संघ पुनस्थापना कार्यक्रम गोरखाले सहयता कक्ष सञ्चालनका लागी आवश्यक पर्ने सामग्री तथा उपकरणहरु वितरण गरिएको हो । २ ०७८को जनगणना अनुसार गोरखामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ३.१६ प्रतिशत रहेको छ । तर, राष्ट्रिय तथ्यांकमा २.५५ प्रतिशत मात्र रहेको छ ।
संघलाई मल्टिफशनल कलर फोटो कपि मेशिन, लेमिनेटिङ, रुम फर्निसिङ् जस्ता उपकरणहरु प्रदान गरिएको छ । उक्त सामग्री शुक्रबार एक कार्यक्रमका बिच जिल्ला समन्वय प्रमुख मोहन थापा मगर, सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर राना, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर (सपना पुन) र नेत्रहीन संघ पुनस्थापना कार्यक्रमका निर्देशक अमृत राईले संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
जिसस प्रमुख थापाले नेत्रहनि संघले दिएको तालिमहरु तालिममा मात्रै सिमित नभई व्यवहारमा पनि लागु गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रजिअ रानाले राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित नगराउन अपाङ्गगता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु पर्ने बताउनुभयो । सहयता कक्षले अपांगता भएका व्यक्तिहरुका लागी पुलको रुपमा काम गर्नु पर्ने उहाँको भनाई छ ।
अपांगता भएका व्यक्तिहरुका लागी संचालित कार्यक्रम र राज्यले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउने उदेश्यले सहयता कक्ष सञ्चालनमा रहेको नेत्रहीन संघ गोरखाका निवर्तमान अध्यक्ष पवन कुमार बस्नेतले जानकारी दिनुभयो । यस सहयता कक्षबाट सार्वजनिक सेवाका लागि आउँने सेवा ग्राहिहरुलाइ सेवा प्रदायक संस्थाहरुको बारेमा जानकारि दिने उहाँले बताउनुभयो । निर्वतमान अध्यक्ष बस्नेतका अनुसार सहयता कक्षको निरन्तरताको लागी फोटो कपि तथा प्रिन्टिङ् सेवाहरु पनि संचालन गर्ने बताउनुभयो ।
सहायता कक्षमा कार्यरत कर्मचारिका लागी ६ महिना सम्मका लागी तलवको व्यवस्था साथै प्रचार प्रसार खर्च पनि प्राप्त भएको संघकी अध्यक्ष गिता माया श्रेष्ठले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई परामर्श दिनका लागी सहयता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
सहायता कक्षबाट फोटो कपि, कलर फोटो कपिं, लेमिनेटिङ, कम्प्युटर प्रिन्टिङ्, परामर्श सेवा, सूचना आदान प्रदान, हुलाक टिकट, दृष्टिबिहीनहरुलाइ श्रव्य पुस्तक वितरण जस्ता सेवाहरु उपलब्ध हुने संघले जनाएको छ । नेत्रहीन संघले जिल्ला समन्वय समितीको परिषरमा सहयता कक्ष संचालन गरिएको छ ।