Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखा अबैध विदेशी नागरिकको सुरक्षित आश्रय स्थल बन्दै


2.9K
Shares

गोरखा अबैध विदेशी नागरिकको सुरक्षित आश्रय स्थल बन्दै

गोरखा ४ चैत । गोरखा जिल्ला अबैध बिदेशी नागरिकहरुको आश्रयस्थल बन्दै गएको छ । गोरखा जिल्लामा बिभिन्न बाहानमा बिदेशी नागरिकहरु अबैध रुपमा बस्दै आएको पाइएको छ । गएको केहिदिन अघि मात्र जिल्ला प्रसासन कार्यालयले १७ जनाभन्दा बढि बिदेशी नागरिकहरुलाई जिल्ला छोड्न निर्देशन दिएको थियो ।

पछिल्लो पटक गोरखामा सन् २०१२ मा बर्माबाट भागेर नेपाल पसेका ३० बर्षका अबुल उस्मानको परिवार ८ बर्षदेखि अबैध रुपमा गोरखामा बस्दै आएको खुल्न आएको छ । अबैध रुपमा जिल्लामा रहेका उस्मानले रेहिंग्या शरणार्थीहरुलाई साथ लिएर गोरखामा भुकम्प पिडितहरुको घर बनाउने काम गरिरहेको खुलेको छ । उनको साथमा श्रीमती २ छोरी पनि संगै रहेका छन् ।

उनि हाल गोरखा नगरपालिका वडा नम्बर २ स्थित काखेमा बस्दै आएका छन् । शरणार्थी बनेर आएकाहरुले अबैध रुपमा शिविर बाहिर निस्केर काम गर्न नपाइने भएपनि उनि रोहिंग्गा शरणार्थीहरुलाई लिएर खुलमखुल्ला काम गर्दै आएको पाइएको हो । नेपालीहरुले भन्दा कमसस्तो मूल्यमा घर निर्माण गरिदिने भएपछि भुकम्प पिडितहरुले पनि उनिहरुलाई नै खोजी खोजी काम दिने गरेको बताइएको छ । गोरखाका ग्रामीण भेग विदेशी नागरिकको अवैध बसोबासका लागि सुरक्षित स्थल बनेको छ ।

शरणार्थी बनेर आएकाले जीविका चलाउने स्थलदेखि भ्रमण भिसामा आएकाहरुले बिभिन्न काम गरेर बस्ने सुरक्षित स्थलको रुपमा गोरखालाई प्रयोग गरिरहेको पाइएको छ । कोही कफीखेती गरेर कोही गाई पालेर, कोही पढाएर र कोही धर्मप्रचार गरेर बस्ने गरेको स्थानीयहरु बताउँछन् ।यता गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले भने अनाधिकृत रुपमा बसेकाहरुको खोजी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology