गोरखा, २५ जेठ । गोरखा सदरमुकामका अधिकांश पसलवाट म्याद नाधेका तथा अखाध्य सामग्रीको जफत गरी नस्ट गरिएको छ । गत २३ गते बजार आसपासका बिभिन्न किराना पसल तथा होटल अनुगमनका क्रममा जफत गरीएका अखाद्य बस्तु आज बिहिवार नस्ट गरिएको साहायक प्रमुख जिल्ला अधिकारी पुस्कर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदरमुकाम क्षेत्रमा अखाद्य समाग्रीहरु भेटिन थालेको भन्ने नागरीकहरुको गुनासो आएपछि बजार अनुगमन गरिएको बताउनुभयो । सो दिन ७ वटा पसलको अनुगमन गरिएको थियो । जसमध्य ६ वटा किराना पसलबाट पिय पदाथ सहित बिभिन्न अखाद्य बस्तुहरु जफत गरिएको थियो । चियापत्ती, केक, मिठाई, कुरकुरे, चिप्स, बियर, जुस, म्यक कफि र मह जस्ता अखाद्य बस्तु प्रहरीको रहोबरमा नस्ट गरिएको हो ।
अनुगमन टोलीद्धारा अखाद्य बस्तु भेटिएका पसलहरुलाई एक पटकका लागि सम्झाई बुझाई गरि आगामी दिनमा त्यस्ता सामाग्री बिक्रि नगर्न निर्देशन दिएको छ । निर्देशनको उल्लघंन गरे /गराएमा कानुन बमोजिम जरिवानासहित कारबाही हुने साहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।
बजार क्षेत्रमै अत्याधिक मात्रामा अखाद्य बस्तु भेटिन थालेपछि स्थानीय स्तरमा पनि अनुगमन आबश्यक देखिएको जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।




