गोरखा, २४ जेठ । गोरखाको भिमसेन थापा गाँउपालिकाको वडा नं. ७ बोर्लाङ्गमा रहेको सरस्वाती माध्यमिक विद्यलयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ठुलपोखरी युवा क्लबको आयोजनामा सरस्वती मा.विमा अध्ययन गरिरहेका विद्याथीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
उक्त सामग्री एक कार्यक्रमका बिच वडाध्यक्ष नारायण श्रेष्ठले विद्याथीहरुलाई हस्तान्तरण गर्नुभयो । वितरण गरिएको सामग्रीमा झोला, कापी, जोमेट्री बक्स, क्यालकुलेटर, पेन, पेन्सिल, कटरलगायतका शैक्षिक सामग्री रहेको उहाँले बताउनुभयो । स्थानीय सहयोगदाताहरुबाट आर्थिक स्रोत जुटाएर विद्यार्थीलार्ई शैक्षिक सामग्री वितरण गरिएका क्लबले जनाएको छ ।